बारा र पर्सामा फेरी थपिए ७० संक्रमित

वीरगन्ज । बार र पर्साका विभिन्न स्थानमा कोरोना भाइरसका थप ७० जना बिरामी भेटिएका छन् । सोमबार राती आएको रिर्पोटमा कोरोना पुष्टी हुनेहरुमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सर्वसाधारण रहेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा कोरोना पुष्टि भएको हो छ । पर्साका ६५ जना र बाराका ५ जनामा कोरोना देखिएको हो । सोमबार बिहान पर्साका २२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

अहिले पर्सा नेपालको इपिसेन्टर बनेको छ । यो जिल्लामा मृत्युदर समेत उच्च रहेको छ । प्रयोगशालाका अनुसार नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा कोरोना देखिएको छ ।

अस्पतालका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टी भएको छ । सोमबार थप हुनेमा ६ जना प्रहरी कर्मचारी रहेका छन् । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरीमा कोरोना देखिएको हो । अहिलेसम्म पर्सा जिल्लामा मात्र ३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।