काठमाडौं । स्पेनिस क्लव बार्सिलोना कोपा डेल रेको फाइनल प्रवेश गरेको छ । गतराती सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा उत्कृष्ट पुनरागम जित निकाल्दै सेभियालाई पराजित गर्न सफल भयो । बार्सिलोनाले सेभियालाई ३-० गोल अन्तरले हरायो । समग्रमा ३- २ को जीतसहित बार्सिलोना फाइनल पुगेको हो । यसअघि भएको पहिलो लेगमा बार्सिलोना सेभियासँग २-० गोल अन्तरले हारेको थियो । ९० मिनेटको निर्धारित समयमा २-२ गोलको बराबरी नतिजा हुने भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
बार्सिलोनाका लागि ओसुमान डेम्बेलेले खेलको १२औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । निर्धारित समयको अतिरिक्त समयमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । त्यसपछि थपिएको अतिरिक्त समयको ९५औ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका हुन् । अतिरिक्त समयमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाए । अब बार्सिलोनाले उपाधीका लागि एथलेटिको बिल्बाओ र लेभान्टेबीचको विजेतासँग भिड्ने भएको छ ।