बालेनलाई योगेशले भने-‘फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित आउनुहोस्, एमालेले सहयोग गर्छ’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारको भरपरे काठमाडौंका मेयर बालेन साह असफल हुने टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेको मुख्यालय आउन आग्रह गरेका हुन् ।

त्यस्तै, सांसद भट्टराईले देउवा सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुत्ती नरहेकोले ध्यानाकर्षण पनि नगर्ने बताएका छन्।

‘काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास थियो। यो पटक ७१ दिन भयो। प्रधानमन्त्रीले कुनै पहल गर्नु भएको छैन, सम्बन्धित मन्त्री बेखबर छन्।

काठमाडौंको फोहोरले झाडापखाला, हैजा निम्त्याएको छ,’ सांसद भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्न सक्दैन। यो सरकारको हुत्ती पनी छैन। त्यसैले म यो सरकारलाई ध्यानाकार्षण पनि गर्दिनँ।’