काठमाडौं । माआवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल भएको बताएका छन् । उनीहरुले निर्वाचन जित्नु साँचो अर्थमा स्वतन्त्र उम्मेदवारले जितेको मानिने उनको भनाई छ । शनिबार संसदमा बोल्दै प्रचण्डले उनीहरुको पछाडि कुनै पनि पार्टी र उनीहरुको नेताको साथ नरहेको उल्लेख गरे । काठमाडौं र धरानमा जनताले उम्मेदवारको विचार, प्रवृत्ति र संकल्प मन पराएकै कारण स्वतन्त्र उम्मेदवारले जितेको उनले बताए । उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रभित्र काठमाडौं र धरानमा फेरि दुईटा नयाँ फूलहरु फक्रिएका हुन्, फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्र नै हो ।’ उनले घेराबन्दीबाट बचेर काम गर्न स्वतन्त्र मेयरहरुलाई सुझाव दिए ।
बालेन र हर्क साङपाङ संघीय लोकतान्त्रिक गणतन्त्रका सुन्दर फूल हुन् : प्रचण्ड
