काठमाडौं । बालबालिकालाई वितरण गर्ने तयारी गरिएको फाइजर खोपको पहिलो खेप अमेरिकाबाट सोमबार नेपाल आउने भएको छ । अमेरिकाको फाइजर बायोएनटेक कम्पनीले बनाएको यो खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिने तयारी छ । नेपाल सरकारले अमेरिकाबाट खरीद गरेको खोपमध्ये पहिलो खेप नेपाल ल्याउन लागिएको हो ।
युएस फुड एन्ड ड्रग डमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि यो खोप लगाइने छ । फाइजर–बायोएनटेकले ११ वर्षमाथिका किशोरकिशोरीका लागि भने यसअघि नै यो खोप वितरण गरिसकेको छ । अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहमा यो खोप बाँडिएको छ ।