बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बुटवल । रूपन्देहीको बुटवलमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । बुटलवको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको हो । नवलपरासी घर भएकी एक महिला र रुपन्देही घर भएका पुरुषको ज्यान गएको हो ।

नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुरुष भदौ १५ र महिला भदौ १७ मा अस्पताल भर्ना भएका थिए। दुबै जनामा दीर्घरोग रहेको सम्बन्धमा कुनै जानकारी नभएको अस्पतालले जनाएको छ । रुपन्देहीमा मात्र संक्रमणबाट १६ जनाको ज्यान गइसकेको छ ।