काठमाडौं । नेपाल सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्वीहरुको पर्व इद ऊल फित्रको अवसरमा सरकारले बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सरकारको यस निर्णयसँगै विदेशस्थित कूटनीतिक नियोगका कार्यालयसमेत बुधबार बन्द हुनेछन् ।
सरकारले बिदा कटौती गरेपनि इदका अवसरमा भने बिदा थपेको हो । पछिल्लो समय धेरै बिदा कटौती गरेको छ । तर, धार्मिक सहिष्णुताका लागि विभिन्न धर्म र समूदायका चाडपर्वमा बिदा दिनु पर्ने माग उठिरहेको छ ।