बूढानीलकण्ठको जगडोलमा सुगम ब्याडमिन्टन प्रतियोगिता शुभारम्भ


अमृता के सी ( रोनी )
काठमाडौँ, असोज १९। बूढानीलकण्ठ नगरपालिकाको जगडोल भञ्ज्याङ्गमा दोस्रो सुगम ब्याडमिन्टन प्रतियोगिताको शुभारम्भ गरिएको छ। बूढानीलकण्ठ नगरपालिकाका वडाहरु ११ र १३ का वडा अध्यक्ष क्रमश राजु अधिकारी र श्रीकृष्ण श्रेष्ठले सँयुक्तरुपमा प्रतियोगिताको शुभारम्भ गरेका हुन्। प्रतियोगिता एक हप्तासम्म आयोजना हुने आयोजकले जनाएको छ । प्रतियोगिता २०७८/०६/१८ गते देखि संचालन भइ २०७८/०६/२५ गते समापन हुने जानकारी दिएका छन् ।

सुगम बचत तथा ऋण सहकारी संस्था लि. र सुगम वेलफेयर सोसाइटीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था सुगम सहकारीका सल्लाहकार रवि कुमार पौडेलले गोकर्णेश्वर नगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको संगम स्थल रहेको ठाउँ भञ्ज्याङ्गमा नमुना गाउँ बनेको दाबी गरे। नमुना गाँऊ बनाउन स्थानिय सरकार र स्थानिय संघ संस्थाहरुले ठूलो भुमिका निभाएको भन्दै प्रतियोगी खेलाडीहरुलाई शुभकामना दिए।

प्रतियोगिता शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै बू.न.पा. १३ का वडा अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सुगम सहकारीले सबैलाई जोड्ने काम गरेको भन्दै खेल जित्न र हार्नको लागि मात्र नभई स्वस्थ जीवनको लागि खेल अपरिहार्य भएको बताए भने बू.न. पा ११ का वडा प्रमुख अधिकारीले खेल बिनाको जीवन नै निरर्थक भएकोले ब्याडमिन्टन प्रतियोगिता आयोजक र व्यवस्थापन टिमलाई धन्यवाद सहित भोलिका दिनहरुमा पनि उक्त प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे।

“ स्वास्थ्यको लागि खेल ” भन्ने नाराका साथ वडा बू. न. पा. ११ र १३ का वडा अध्यक्षहरुले खेल खेलेर उद्घाटन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै सुगम वेलफेयर सोसाइटीका अध्यक्ष श्याम राज गौतमले व्यस्त समयमा विभिन्न ठाउँमा छरिएरका दाजुभाइ संयुक्त रूपमा खेल खेल्दा आपसी भाइचारा बढ्ने बताउदैँ उकृष्ट प्रदर्शनको लागि खेलाडिहरुलाई शुभकामना दिएका थिए ।