बूढानीलकण्ठमा मेयर छात्रवृत्ति

काठमाडौं, भाद्र २ ।बूढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसाेबास गर्ने विद्यार्थीहरूलाई मेयर छात्रवृत्ति प्रदान गरिने भएको छ।नगरपालिकामा बसाेबास गर्दै आएका गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई उच्च तथा प्राविधिक शिक्षामा सहयाेग पुर्‍याउने उदेश्यले मेयर छात्रवृत्तिकाे आयाेजना गरिएकाे नगर प्रमुख उद्धव खरेलले बताएका छन्।

यो कार्यक्रम अन्तर्गत नगरपालिकाबाट ८ जना विद्यार्थी र श्रीबूढानीलकण्ठ मा. वि. द्वारा २ जना गरी जम्मा १० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्तिमा छनाैट हुनका लागि विद्यार्थीहरूले २०७८ साल भाद्र १५ गते भित्र नगरपालिकाकाे शिक्षा, युवा तथा खेलकुद महाशाखामा निवेदन दिनु पर्नेछ ।

साे छात्रवृत्ति डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ काेर्षकाे लागि उपलब्ध छ। काेर्षहरूकाे अवधी ३ वर्षकाे रहकाे छ भने मान्यता ओभरसियर वा +२ बराबरकाे रहकाे छ ।

विद्यार्थीहरूले कक्षा १० मा अङ्ग्रेजीमा न्युनतम डि+, विज्ञान र गणितमा न्युनतम सी ग्रेड ल्याएकाे हुनुपर्ने छ । सामाजिक समानता सुनिश्चित गर्नका लागि २ जना नगरकाेटी, २ जना दलित र अन्य ४ विद्यार्थीहरूलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने छ ।सो छात्रवृत्तिमा आवेदन दिन इच्छुक विद्यार्थीहरूले सि.टि.इ.भि.टी. (CTEVT) बाट २०७८ सालमा लिइने प्रवेश परिक्षामा उतीर्ण भएकाे हुनुपर्ने छ ।