बूढानीलकण्ठ नगरपालिकाद्वारा सिन्धुपाल्चोकका बाढी-पहिरो प्रभावितलाई २५ लाख सहयोग


अमृता के सी ( रोनी )
काठमाडौँ, असार ११। बूढानीलकण्ठ नगरपालिकाले सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितलाई २५ लाख सहयोग प्रदान गरेको छ।

सिन्धुपाल्चोकमा असार १ गते साँझ आएको लगातारको वर्षा पछि मेलम्चीको बाढीले भौतिक संरचना सँगै ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।हेलम्बु गाँऊपालिकाको तिम्बु, किउल, गणेशेबगर, चनौटे, ग्याल्थुम लगायतका क्षेत्रका करिब १५० घरधुरी विस्थापित भएका छन्। मेलम्ची नगरपालिकामा मेलम्ची बजार सम्म बाढि पसेर कयौं घरहरू डुबानमा परी ठूलो धनजनको नाश गरेको थियोे ।साथै पाँचपोखरी थाङ्पाल गाँउपालिकामा समेत बाढी पहिरोले क्षति पुर्‍याएको छ।छिमेकि जिल्ला सिन्धुपाल्चोकमा प्राकृति प्रकोपले परेको क्षति प्रति बूढानीलकण्ठ नगरपालिकाले दुःख प्रकट गर्दै सहयोग स्वरुप नगद २५ लाख आर्थिक सहयोग पठाएको छ। सहयोग २५ लाख रकम मध्ये मेलम्चि नगरपालिकालाई १० लाख, हेलम्बु गाँउपालिकालाई १० लाख र पाँचपोखरी थाङ्पाल गाँउपालिकामा ५ लाख प्रदान गरीने गरी असार १० गते उक्त स्थानीय तहहरुमा चिठ्ठि पठाइएको प्रशासकिय अधिकृत जयराम गजुरेलले बताए।
नगर प्रमुख उद्दव प्रसाद खरेलले सम्पूर्ण सिन्धुपाल्चोक बासीहरुलाई प्राकृति प्रकोपले निम्त्याएको विपदको सामना गर्दै पुनःस्थापना तथा पुनर्निमाण कार्यमा जुट्ने साहस मिलोस् भन्ने कामनाका साथ विस्थापित परिवारहरुको पुनस्थापना तथा संरचना पुनर्निमाणका लागि नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरिएको बताए ।