अमृता के सी ( रोनी )
काठमाडौँ,असार ८ ।बूढानीलकण्ठ नगरपालिकाको आठाैँ नगरसभा हुने भएको छ। नगर सभा भर्चुअल माध्यमद्वारा आगामी असार ९ गते आयोजना गरिएको हो ।नगरसभाको प्रत्यक्ष प्रसारण विभिन्न स्थानिय संचार माध्यमबाट गरिने नगर प्रमुख उद्दव प्रसाद खरेलले बताए ।
संविधानमा र स्थानिय तह संचालन ऐन २०७४ मा व्यवस्था भए अनुसार प्रत्येक आर्थिक वर्षमा नगरसभाकाे बैठक ६ महिनाकाे अन्तरालमा बस्ने गरेकाे छ, जसलाइ असारे र हिउदे नगरसभा भन्ने गरिन्छ ।असारे नगरसभामा वार्षिक रूपमा हुने आर्थिक कार्यक्रमहरू,बजेट तथा अनुमान पारित गरि वार्षिक कार्यक्रम तयार गरिन्छ भने हिउँदे नगरसभामा आगामी ६ महिनामा कार्यतालिका अनुसार कार्यक्रमहरूलाई प्रभावकारी तरिकाले संचालन गर्नकाे लागि छलफल गरिन्छ ।
आर्थिक वर्ष २०७८/०७९ काे बूढानीलकण्ठ नगरको पहिलाे नगरसभा हुन लागेकाे जानकारी गराउदैँ नगर प्रमुख खरेलले नगरवासीहरुलाई सल्लाह सुझाव साथै प्रतिक्रिया दिन चाहेमा नगरपालिकाकाे उजुरी पेटी अथवा सामाजिक संजाल मार्फत दिन समेत अपिल गरेका छन् ।