अमृता के सी ( रोनी )
काठमाडौँ, बैशाख १८ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ स्थित जगडोल प्रवेशद्वारमा जथाभावी रंग पोतेर अज्ञात व्यक्तीले प्रवेशद्वार माथि क्षती पुर्याएका छन्। केही हप्ता अगाडि बूढानीलकण्ठ नगरपालिका ११ स्थित झन्डा पार्कमा गाडीएको राष्ट्रिय झण्डाको प्रतिक झण्डा बिगार्ने,भाच्ने र च्यात्ने जस्तो निर्कृष्ट कार्य भएको केही समय नबित्दै प्रवेशद्वारमा क्षती पुर्याइएको हो ।प्रवेशद्वारको सबै भन्दा माथि लेखिएको ” बूढानीलकण्ठ नगरपालिका ” लाई कालोले पोतेर छोपिएको छ । बि सं २०७४ आश्विन ३ गते संविधान दिवसको अवसरमा उप-प्रधानमन्त्री ईश्वर पोखरेलद्वारा उक्त प्रवेशद्वार उद्घाटन गरिएको हो ।
प्रवेशद्वारमा क्षती पुर्याए पछी बूढानीलकण्ठ नगरपालिकाले एक बिज्ञप्ती प्रकाशित गरी घटनाको भत्सर्ना गरेको छ भने त्यस्ता महत्वपुर्ण एवं एतिहासिक संरचनाहरु माथि लुकिछिपि आक्रमण गर्ने, हानि नोक्सान गर्ने जस्ता ध्वंसात्मक गतिबिधिमा संलग्न रहेका अराजक व्यक्ति, समुहको खोजि गरी कानुनि कारबाही गर्न बू.न.पा. वडा नं ११ ले सम्बन्धित निकाय र सुरक्षा निकाय सँग अनुरोध गरेको छ ।
