बेन्जिमाले पहिलो पटक जिते बालोन डी’ओर अवार्ड

पेरिस । रियल मड्रिड तथा फ्रान्सेली स्टार करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरका रुपमा बालोन डी’ओर अवार्ड जितेका छन्। गत सिजनको प्रर्दशनका आधारमा बेन्जिमाले यस वर्ष बालोन डि ओर अवार्ड जितेका हुन् । रियललाई २०२१(२२ मा च्याम्पियन्स लिग र ला लिगा जिताउन महत्वपूर्ण भूमिका निभाएका बेन्जेमाले ४६ खेलमा ४४ गोल गरेका थिए। लियोनल मेसीले ७ र क्रिस्टियानो रोनाल्डोले ५ पटक यो अवार्ड हात पारिसकेका छन् ।