बेलडाँगी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या

काठमाडौं । झापाको दमक नगरपालिका–३ मा रहेको बेलडाँगी भुटानी शरणार्थी शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्दै ५० वर्षीय पञ्जवीर घिसिङ पक्राउ परेका छन् । प्रहरीका अनुसार, उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओली धेरै रोएको भन्दै उनले सुरुमा थप्पड हानेका थिए । त्यसपछि पनि रुन नछाडेको भन्दै उनले पछारेको र शिशु गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । त्यसपछि शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पुर्‍याएको थियो । उपचारका क्रममा मृत्यु भएको हो । घिसिङलाई र बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीको भनाइ छ ।