लण्डन । बेलायतले विदेशबाट आउने यात्रु र कोभिड–१९ सङ्क्रमित व्यक्तिको आइसोलेसन तथा क्वारेन्टिनब बसाई अवधि घटाएको छ । बेलायती संचारमाध्यमका अनुसार अब बेलायत जाने विदेशीले १४ दिनको साटो १० दिन मात्र क्वारेन्टिन बसे पुग्ने छ । यस्तो नियम शुक्रबार घोषणा गरिएको छ । जुन सोमबारबाट कार्यान्वयनमा आउने छ ।
वेल्समा भने यसअघि नै सोही नियम जारी छ । इङ्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्डमा भने नयाँ नियम लागु गरिएको छ । कोभिड–१९ का विरामीहरूको समस्यालाई चिकित्सकीय विधिबाट अनुसन्धानपछि १० दिन मात्र क्वारेन्टिन बस्नुपर्ने नियम लागु भएको समेत जनाइएको छ ।
कार्डिफ, एडिनबर्ग र बेलफास्टको सरकारहरूले भने आफ्नै स्वास्थ्य नीति तय गरेका छन् र भाइरसको फैलावट रोक्न विभिन्न प्रतिबन्धहरू लागू भएका छन् । सङ्क्रमितले पनि १० दिनसम्म सामाजिक दूरी कायम गरी अलग बसेमा उसलाई घर वा काममा फर्किन अनुमति दिने गरी नियम बनेको छ ।
बेलायतले खोप सर्वसाधारणमा लगाउन शुरु गरेसँगै नियमहरु केही खुकुलो बनाएको हो । यद्दपी महामारी नियन्त्रण गर्न क्वारेन्टिन र सेल्फ आइसोलेसन महत्वपूर्ण भएकोमा भने अधिकारीहरु सहमत छन् । बेलायतमा पछिल्लो २८ दिनमा ५१६ जनाको ज्यान गइसकेको छ ।