बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित दुईजना पक्राउ


अमृता के सी ( रोनी )
काठमाडौँ, असार २६।काठमाडौँ महानगरपालिका वडा ६ स्थित बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित शुक्रबार दुईजना पक्राउ परेका छन् ।

रामेछाप घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर र काठमाडौँ महानगरपालिका ६ का २८ वर्षीय सविन तामाङलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

पक्राउ परेकाहरुको साथमा सालकको छाला सहितको खपटा एक थान र अर्को एक वन्यजन्तुको छाला भेटिएको छ। उनिहरुलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा पेस गरिने ब्युरोले जनाएको छ ।