वासिंटन डिसी । अमेरिकाले भारतमा रहेका आफ्ना नागरिकलाई तत्काल भारत छाड्न सुझाव दिएको छ । साथै भारतबाट कुनै पनि माध्यमबाट अमेरिका छिर्न नपाउने गरी यात्रा प्रतिबन्धको घोषणा समेत गरेको छ । समाचार एजेन्सीहरुका अनुसार अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनले ४ मेबाट लागू हुने गरी कम्तिमा १४ दिनका लागि भारतबाट अमेरिकाका लागि हुने सबै प्रकारका यात्रामा प्रतिवन्ध लगाउने निर्णय भएको छ ।
भारतमा अहिले विश्वकै सबैभन्दा तिब्र दरमा कोरोना भाइरसको संक्रमण बढेको छ । भारतीय संक्रमणको क्षति समेत बढी देखिएको छ । यसै सन्दर्भमा अमेरिकाले भारतमा रहेका नागरिकलाई सकेसम्म छिटो अमेरिका छाड्न सुझाव समेत दिएको छ ।
अमेरिकाले यसअघि ट्राभल एड्भाइजरी जारी गर्दै भारत यात्रामा नजान सुझाव दिएको थियो । त्यसलाई थप कडाई गर्दै अब अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न र भारतमा रहेका नागरिकलाई समेत सुरक्षित भई भारत छाड्न भनिएको छ । अहिले पनि भारत र अमेरिकामा दैनिक १४ वटा हवाई उडान जारी छन् । केही उडान युरोप ट्रान्जिट भएर समेत हुने गरेका छन् ।