भारतमा कोरोनाका कारण एकै दिन ५० को मृत्यु, ३६८८ मा पुष्टी

File

नयाँ दिल्ली । भारतमा बढ्दो कोरोना संक्रमण र मृत्युका कारण चिन्ता व्यक्त गरिएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० जनाको कोरोनाका कारण ज्यान गएको छ । ३६८८ जनामा कोरोना पुष्टी भएको छ । यो पछिल्लो केही दिनयताकै बढी हो । अब भारतमा सक्रिय संक्रमितको संख्या १८ हजार ६८४ पुगेको छ ।

भारतमा अहिलेसम्म ४ करोड मानिसमा कोरोना पुष्टी भइसकेको छ । जसमध्ये ५ लाख २३ हजार ८०३ जनाको ज्यान गएको छ । भारतको राजधानी दिल्लीमा मात्र पछिल्लो २४ घण्टामा १६०७ जनामा कोरोना देखिएको हो । यो ४ फेब्रुअरीपछिकै सबैभन्दा धेरै हो ।