भारतमा तीन महिनापछि कोरोनाको तेस्रो लहर आउने चेतावनी

File

नयाँ दिल्ली । भारतमा अबको तीन महिनापछि कोरोना भाइरसको तेस्रो लहर शुरु हुने आंकलन गरिएको छ । समाचार एजेंसी रोयटर्सका स्वास्थ्य विशेषज्ञले गरेको एक सर्वेक्षण अनुसार भारतमा अक्टोवरबाट कोभिडको संक्रमणको तेस्रो लहर शुरु हुने जोखिम देखिएको छ । तर, आगामी संक्रमण अहिलेको तुलनामा भने निकै नियन्त्रित हुनेछ । यद्दपी कोरोना संकटका कारण थप एक साल मानिसहरुले विभिन्न प्रकारका प्रतिवन्धहरुको भने सामना गर्नुपर्नेछ ।

जुन पहिलो साता यो सर्वेक्षण गरिएको हो । रोयटर्सका अनुसार सर्वेमा कोरोनाको खोप लगाइएका कारण जोखिम कम हुने देखिएको छ । अक्टोवरबाट शुरु भएको महामारी सन् २०२२ को फेब्रुअरीसम्म लम्बिने छ । यसले थप एक वर्ष जोखिमै रहने भएको हो । भारतमा आउने लहरको असर नेपालमा समेत पर्नेछ । नेपाल भने अझै दोस्रो लहरबाट कसरी बच्ने भन्नेमै अलमलमै छ ।