भारतको उत्तर प्रदेशमा यात्रु बाहक बस दुर्घटना हुँदा २९ जनाको ज्यान गएको छ । दुर्घटना सोमबार बिहान अागरा शहर नजिकै भएको हो । ५० जना यात्रु चढेको उक्त दुई तले बस लखनऊबाट राजधानी नयाँ दिल्ली जाँदै थियो । चालक निदाएको कारण दुर्घटना भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
सन् २०१२ मा खुलेको नयाँ दिल्लीदेखि आगरासम्म जाने द्रुत मार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालाई उत्तर प्रदेश प्रहरीले आफ्नो ट्विटर् एकाउन्ट मार्फत पुष्टी गरेको छ ।
७ बर्ष अगाडि निर्माण भएको उक्त ६ लेनको द्रुत मार्ग संचालनमा आए यता भएको बिभिन्न दुर्घटनामा ९ सय जनाको मृत्यु भै सकेको छ ।