भारतमा १ लाख २५ हजारलाई कोरोना

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणको दर तिब्र छ । शनिबार बिहानसम्म यस मुलुकमा १ लाख २५ हजारमा संक्रमण पुष्टी भएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १३७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । भारतमा अहिलेसम्म ५१ हजार ७८४ संक्रमित निको भएर घर फर्किएको तथ्यांक छ । भारतमा संक्रमण बढ्दा त्यसले नेपालमा समेत जोृखिम बढाएको छ । कोरोना कहरबाीच भारतले भने लकडाउन खुकुलो बनाइसकेको छ । त्यहा आगामी सोमबारबाट आन्तरिक उडान समेत नियमित हुँदैछ ।