भारतले नेपाल र भुटान सीमानामा १३ हजार फौज बढाउने

नयाँ दिल्ली । भारतले नेपाल र भुटानको सीमा क्षेत्रमा शसस्त्र फौज वृद्धि गर्ने भएको छ । त्यहाँको गृह मन्त्रालयले नेपाल र भुटानसँगको सीमा क्षेत्रमा सशस्त्र सीमा बल (एसएसबी) युनिट बढाउने प्रस्ताव स्वीकृत गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । इण्डिया टुडो अनुसार दुई मुलुकको सीमा क्षेत्रमा भारतले अतिरिक्त १३ हजार फौज बढाउने निर्णय भएको हो ।

सीमा क्षेत्रको सुरक्षा अभिवृद्धि गर्न भन्दै भारत सरकारले सीमामा फौज बढाउन लागेको बताइएको छ । नेपाल र भुटानसँग सीमा जोडिएको क्षेत्रमा अब एसएसबीका थप १२ युनिट स्थापना गरिने भएको छ । अब प्रत्येक वर्ष चार बटालियनका दरले फौज बढाउने निर्णय समेत भएको छ ।

नेपाल र भारत सिमानमा रहेका चार वटा एकीकृत जाँच केन्द्र (आईसीपी) तथा ५५८ पोष्ट थप गर्ने प्रस्ताव समेत त्यहाँको गृह मन्त्रालयबाट स्वीकृत भएको छ । अहिले सीमानामा ९० हजार एसएसबीको खटिएको छ । भारतीय गृह मन्त्रालयलले इन्डो तिब्बतीयन बोर्डर पुलिस संख्यामा पनि १० हजार थप गर्ने निर्णय गरेको छ । यो फौज चीनसँगको सीमानामा खटिएको छ ।