भारतसँग २–१ गोलले हार्यो नेपाल

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा भारतले नेपाललाई हराएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो । यसअघि गत बिहीबार भएको खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । आगामी एक महिनापछि माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप दुबै मुलुकले एक अर्का मुलुकको क्षमता जाँच यी दुई खेललाई भरपुर उपयोग गरेका छन् ।

आजको खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भारत नेपालमाथि हावी भयो । फारुख चौधरीले ६२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । ८० औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले गोल गरि भारतको अग्रता दोब्बर पारे । ८६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गरे । त्यसपछि कुनै गोल हुने सकेन । नतिजा भारतको पक्षमा रह्यो ।