काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमको फिटनेस ट्रेनरमा भारतीय नागरिक आशय हतकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार हतकर भारतको ‘ओलम्पिक गोल्ड क्वेस्ट’ नामक संस्थाको सहायक स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच रहेर काम गरिसकेका ट्रेनर हुन् उनले यस क्षेत्रमा १२ वर्ष बिताइसकेका छन् ।
क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीको सूची सार्वजनिक गरेको छ । उनीहरुको सोमबार कोरोना परिक्षण गरिदै छ । पिसिआर नेगेटिभ आउने खेलाडी प्रशिक्षणमा समावेश हुनेछन् । क्यानले मंसिर दोस्रो साता नै राष्ट्रिय क्रिकेट टिमका लागि नयाँ प्रशिक्षक नियुक्तीको तयारी समेत गरेको छ ।