भारत र ब्राजिलमा कोरोनाको रेकर्डब्रेक संक्रमण

काठमाडौं\एजेन्सी । भारत र ब्राजिलमा कोरोन भाइरसको दोस्रो लहरले उचाई लिएको छ । दुबै मुलुकमा पछिल्लो २४ घण्टामा ठूलो संख्यामा संक्रमण पुष्टी भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार ब्राजिलमा एकैदिन करीव एक लाख मानिसमा सङ्क्रमित देखिएको छ । यहाँ २४ घण्टामा ९७ हजार ५ सय ८६ जनामा भाइरस पुष्टी भएको छ ।

बिहीवार ९० हजार ५ सय ६४ जनालाई देखिएको छ । शुक्रबार दोस्रो लहर देखिएयताकै ठूलो संख्यामा संक्रमण पुष्टी भएको हो । २४ घण्टामा २ हजार ६ सय ३९ जनाको मृत्यु समेत भएके छ ।

ब्राजिल विश्वमा कोरोनाबाट सबैभन्दा प्रभावित दोस्रो मुलुक हो । पहिलो स्थानमा अमेरिका छ । ब्राजिलमा १ करोड ३२ लाखभन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । तीन लाख मानिसको ज्यान गएको छ ।

उता, भारतमा २४ घण्टामा ५९ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएको संचारमाध्यमले जनाएका छन् । एकैदिन सङ्क्रमित पुष्टि भएको यो संख्या भारतमा सन् २०२१ कै बढी हो । बिहीवार ५३ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका थिए ।

भारतको महाराष्ट्रमा मात्रै यस अवधिमा ३५ हजार ९ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका छन् । पन्जाबमा दुई हजार ७ सय, गुजरातमा एक हजार ९ सय ६१, तामिलनाडुमा एक हजार सात सय ७९, दिल्लीमा एक हजार ५ सय १५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

२४ घण्टामा कोरोना सङ्क्रमणबाट २ सय ५७ जनाको ज्यान गएको छ । भारतमा कुल ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ। भारतमा अहिलेसम्म एक करोड १८ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको तथ्यांक छ ।