काठमाडौं । भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएको बीबीसीले लेखेको छ ।
भेनेजुएलाको लस तेजरियास सहरमा पहिरो गएको हो । पहिरो प्रभावितको खोज तथा उद्धारका लागि एक हजार जना उद्धारकर्मी खटिएका छन् । राष्ट्रपति निकोलस मडुरोले स्थिति कठिन र पीडादायी भएको बताउनु भएको छ ।