भ्यालेन्सियामाथि बार्सिलोनाको सानदार जित

काठमाडौं । स्पेनिस लालिगामा बार्सिलोनाले भ्यालेन्सियामाथि सानदार जित निकालेको छ । पिएरे एमरिक अबमेयाङको ह्याट्रिकको मद्दतले स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार भ्यालेन्सियालाई ४–१ ले हराएको हो । जितपछि लिगमा बार्सिलोनाको अपराजित यात्रा नौ खेल पुगेको छ । फेब्रुअरीमै मात्र अबमेयाङ आर्सनलबाट बार्सिलोना आएका थिए ।

भ्यालेन्सियाविरुद्ध पहिलोपल्ट सुरुदेखि खेल्ने अवसर पाए । बार्सिलोनाका लागि अर्को गोल फ्रेन्क डे जोङले गरे । भ्यालेन्सियाका लागि भने कार्लोस सोलेरले गोल गरे । यो जितपछि बार्सिलोनाको ४२ अंकमा चौथो स्थानमा उक्लेको छ । आइतबारको अर्को खेलमा तेस्रो स्थानमा रहेको रियल बेटिसले मार्लोकालाई २–१ ले हरायो ।