काठमाडौं । नेपालमा मंगलबारबाट सबै प्रकारका खेलहरु दर्शकबीना खेलाईने भएको छ । नेपाल क्रिकेट संघ क्यानले कीर्तिपुरमा क्रिकेट मैदानमा जारी ट्राइ नेशन्स् क्रिकेट सिरिज अन्तर्गतका खेल मंगलबारदेखि दर्शक बिना नै खेलाउने निर्णय गरेको छ । उता, सरकारले रंगशालामा दर्शक बीना नै खेल खेलाउनु पर्ने नियम ल्याएका कारण अब हुने सबै प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति हुने छैन ।
टेलिभिजनबाट भने खेलहरु प्रत्यक्ष प्रसारण हुने छन् । सरकारले २५ जनाभन्दा धेरै भेला नहुन नपाइने गरी आज आदेश जारी गरेको छ । नेपालमा अहिले नेपाल, मलेसिया र नेदरल्याण्ड्स सहभागी त्रिदेशीय क्रिकेट सिरिज चलिरहेको छ । प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।