मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

हेटौडा । मकवानपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर, मनहरी ६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका छन् ।

दुर्घटनामा बस चालक वीरगञ्ज महानगरपालिका १५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षिय वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको प्रहरीको उल्लेख गरेको छ । घाइतेको हेटौंडामा र भरतपुरमा उपचार जारी छ । तिव्र गतिमा रहेका सवारी एक आपसमा ठोक्किएको अनुमान छ ।