मनकामना केबुलकार आजबाट खुल्ने

काठमाडौं । मनकामना केबुलकार आजबाट पुनः संचालनमा आएको छ । कोभिड–१९ दोस्रो लहरका बीच केबलकार बन्द थियो । मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागेको कम्पनीको भनाई छ ।

कोभिडको सङ्क्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले केबुलकारको टिकट खरिद गर्नसक्ने व्यवस्था गरेको छ । कम्पनीले तल्लो स्टेसनमा सञ्चालन गरेको रेस्टुरेस्ट समेत सञ्चालनमा ल्याएको उल्लेख गरेको छ । यो नेपालको पहिलो केवलकार हो । जहाँ सयौं तीर्थालु मनकामना मन्दिरको दर्शनका लागि पुग्ने गरेका छन् ।