मन्त्रालय फुटाएर दीपक मनाङेलाई मन्त्री पद उपहार !

काठमाडौं । मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङ दीपक मनाङे प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केहीबेरमा मन्त्रीको शपथ गराउँदै छन् ।

सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुख मन्त्री बनाउन लागिएको हो ।

यसअघि गुरुङ नेतृत्वमा रहेका माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका थिए ।

भूमि व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व माओवादीले गरेका थिए ।

यसअघि प्रदेश सभाको अर्थ तथा विकास समिति सदस्यसमेत बनेका राजीवले २०७७ असोज ८ गते उक्त समितिबाट राजीनामा गरेका थिए।