काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् ।
बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महराले सफाइ पाएका हुन् ।
उनले सोमबार जिल्ला अदालत काठमाडौंबाट बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका हुन् ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर सोमबार सफाइ दिने फैसला सुनाएको हो ।
उनी सोमबार नै रिहा हुदैछन ।
आफ्नै सचिवालयकि कर्मचारी माथी बलात्कार प्रयासको आरोप उनिमाथी लागेको थियो ।