माईतिघरमा शङ्ख फुकेर प्रदर्शन

अमृता के सी ( रोनी )

काठमाडौँ,असार २८। काठमाडौँ स्थित माइतिघरमा विपक्षी गठबन्धनका ५ विद्यार्थी सङ्गठनले शङ्ख फुकेर प्रदर्शन गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु र अखिल (छैटौँ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, भ्रष्टाचारको विरोधमा आइतबार माइतीघरमा भेला भइ शङ्ख फुकेर जुलुस निकालेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक भनिएको कदम विरुद्ध पछिल्ला केही दिनयता विपक्षी गठबन्धन निकट विद्यार्थी सङ्गठनले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।