काठमाडौं\एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीमा सैन्य कू भएको छ । त्यहाँको सेनाले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई पक्राउ गरेको खबर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले प्रेसित गरेका छ् । मालीमा अघिल्लो साल निर्वाचित राष्ट्रपतिलाई सेनाले राजीनामा दिन बाध्य पारेको थियो । यहाँ सोमबार अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई नियन्त्रणमा लिएको खबर छ ।
उनीहरूलाई राजधानी बामाकोबाट लगेर काटीस्थित सेनाको गणमा राखिएको छ। मालिमा अलकायदा र इस्लामिक स्टेटको दवदवा छ । सेनाको यो कदमले मुलुकमा झन अस्थिरता निम्तने खतरा रहेको जनाइएको छ । मालीमा खटिएका संयुक्त राष्ट्र संघीय मिसन र अन्य अन्तर्राष्ट्रिय समुदायले घटनाको निन्दा गरेका छन् । राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउनेसँग १८ महिना भित्र चुनाव गरि शासन सामान्य अवस्थामा फर्काउने जिम्मेवारी थियो ।