मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, २९ वर्षका योगेश गौचन थकाली विजयी

काठमाडौं । मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्।

उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्।

गौचनले २०३५ मत पाउँदा उनका प्रतिद्धन्द्धी तुलाचनले १६५७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।

कांग्रेसले यहाँ जिल्ला सभापति रोमी गौचन थकालीलाई टिकट दिएको थियो। तर रोमीले आफूलाई पाएको टिकट छोरा योगेशलाई दिएका थिए। उनी पर्यटन व्यवसायी र होटल व्यवसायी पनि हुन्।

अघिल्लो चुनावमा एमालेका तुलाचनले कांग्रेसका रोमी गौचनलाई पराजित गरेका थिए । कांग्रेसले उम्मेदवार बनाएका ९१ जनामध्ये सम्भवतः थकाली सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।