सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा बाढी र पहिरोमा परी हराइरहेका मध्ये बिहीबार दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको छ । उनीहरु मेलम्ची खानेपानी आयोजनामा काम गर्ने मजदुर हुन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार यो घटनामा अझै १७ जना वेपत्ता छन् । ७ जनाको भने बुधबार शव फेला परेको थियो ।
हराएका मध्ये ४ जना मेलम्ची खानेपानी आयोजनामा काम गर्ने कामदार हुन् । बिहीबार चिनियाँ नागरिक गोङ टियान छियो, युचिझ र भारतीय नागरिक कमल लोचनको शव फेला परेको छ । उनीहरुको शव सिन्धुलीमा फेला परेको हो । मेलम्ची खोलामा आएको विनासकारी बाढीले सिन्धुपाल्चोकमा ठूलो धनजनको क्षति गरेको हो ।