सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा एक प्रहरी हवल्दारको ज्यान गएको छ । सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबल्दारको मृत्यु भएको नेपालको राष्ट्रिय समाचार समिति (रासस)ले उल्लेख गरेको छ ।
मृत्यु हुनेमा सप्तरी बलान घर भएका संघीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार विजयकुमार मण्डल छन् । को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर उनी दुर्घटनामा परेका थिए ।
दुर्घटनामा परेका मण्डलको टाउकामा गम्भीर चोट लागे र तत्काल उपचारका लागि विराटनगर लगिएको थियो। उपचारका क्रममा मण्डलको मृत्यु भएको हो ।