काठमाडौं । आईसीसी विश्वकप क्रिकेटको मंगलबार राति सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा गरेको अविश्वासिलो ब्याटिङको प्रसंगलाई लिएर प्रभावशाली भारतीय क्रिकेटर विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलको विषयमा छोटो तर, सटिक प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत म्याक्सवेललाई बधाइ दिँदै कोहलीले भनेका छन्, ‘यस्तो कमाल तिमीवाहेक अरु कसैले गर्न सक्दैन ।’अविश्वासिलो प्रदर्शनका लागि यतिबेला विश्वभरका क्रिकेट खेलाडी र खेलप्रेमीबाट उनले प्रशांसा बटुलिरहेका छन् ।