काठमाडौं । म्यानमारमा श्रद्धान्जली सभामा गोली चलाएर सेनाले निहत्था जनताको ज्यान गएको छ । शनिबार श्रद्धान्जली सभामा उपस्थित भएकामाथि सेनाले अन्धाधुन्ध गोली चलाएको त्यहाँका संचारमायमले जनाएका छन् । घटनामा कम्तिमा १२ जनाको ज्यान गएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएको बताइएको छ ।
म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले लेखेको छ । १३ वर्षका बालकसहित एक दर्जनको ज्यान गएको हो । केही साता अगाडी मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम शनिबार राखिएको थियो । थुप्रै मान्छेलाई गोली लागेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ । फेब्रुअरी १ मा सेनाको कुयता म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढीको ज्यान गइसकेको छ ।