अमृता के सी ( रोनी )
काठमाडौँ, श्रावण २१। गोकर्णेश्वर नगरपालिका बेसिगाउँ स्थित एक मःम पसलमा सोमबार कोरोना विरुद्धको खोप लगाइदिइरहेका २ जना स्वास्थकर्मी सहित केही खोप प्रहरीले बरामद गरेको थियो। बौद्ध प्रहरी प्रमुख नायव निरिक्षक (डिएसपी) ढुण्डीराज न्यौपाने अनुसार खोप किनबेचको भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको र खोप सोही मःम पसल नजिकै रहेको एक फार्मेसीबाट लिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए। यसै विषयलाई माध्यम बनाएर जनप्रतिनिधि र कर्मचारीकै मिलीमतोमा खोप मःम पसलसम्म पुगेको आशंका गरिएको थियो ।
गोकर्णेश्वर नगरपालिका भित्र यस्तो कार्य भयो के कसरी भयो छानबिन हुदैछ भन्दै नगरपालिकाको नाम लिएर बदनाम गर्न खोजेकोमा नगरपालिकाले खेद व्यक्त गरेको छ।”स्वास्थ्य मन्त्रालयले खोपको जिम्मेवारी स्थानिय तहलाई दिएको भन्दै नगरपालिकाले सोही अनुसार सेन्टर तोकेर खोप वितरण गरिरहेको र नगरपालिकाको कुनै सरोकार नभएको सुचित गराउदैं नगर प्रमुख सन्तोष चालिसेले यस्तो कार्य गर्नेलाई सक्त कारबाही गर्न समेत अनुरोध गरेका छन् “।उनले भने खोप लगाउने केन्द्रमा हो,खोपको लागि बिहान देखि बेलुकी सम्म यति धेरै लाइन छ नगरपालिकाको कोहि कसैले दिएको भए प्रमाण हुनुपर्यो भन्दै शंकाको भरमा नगरपालिकाको नाम लिएकोमा खेद व्यक्त गरेका छन् ।