काठमाडौं । मंगलबारबाट काठमाडौंको दशरथ रंगशालामा थ्री नेसन्स कप फुटबल शुरु भएको छ । यो प्रतियोगितामा नेपालले बिहीबार पहिलो खेलमा कीर्गिस्तानको सामना गर्दैछ । यस खेलका लागि नेपालले आफ्नो टोलीको घोषणा गरेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेका हुन् ।
गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का र छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राईले पहिलो पटक राष्ट्रिय टिममा स्थान पाएका छन् । डिफेण्डर विराज महर्जन टिममा अटाएका छन् । विराजले त्रिदेशीय कपपछि सन्यास लिने घोषणा गरिसकेका छन् ।
यो प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको हो । थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू २३ टिमले खेल्दैछन् ।
यस्तो छ नेपाली टीम
गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की
डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ
मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान
फरवार्ड – अञ्जन विष्ट, दर्शन गुरुङ, अविषेक रिजाल, भरत खवास