यस्तो छ नेपाली अर्थतन्त्रको चित्र

काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ मा नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ । कुल ५.८४ प्रतिशतले बिस्तार भएको अर्थतन्त्रको आकार साढे ४८ खर्ब पुगेको आर्थिक सर्वेक्षणमा देखिएको छ । अर्थ मन्त्री जनार्दन शर्माले शनिबार आर्थिक सर्वेक्षण २०७८\ ७९ संसदमा पेश गरेका हुन् । अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहेको छ । जीडीपीमा बागमती प्रदेशको हिस्सा ३६.९ प्रतिशत छ । सबैभन्दा कम कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत छ । नेपालीको प्रतिव्यक्ति आय १ हजार ३८१ डलर पुगेको छ । नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।

नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको टाउकोमा ६३ हजार ३१० रुपैयाँ सार्वजनिक ऋण पर्न जान्छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्या ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ छ । सरकारले यस वर्ष फागुन मसान्तसम्म ८९ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । फागुन सम्म अनुदान र ऋण गरी बाह्य सहायता ४७ अर्ब ९४ करोड रुपैयाँ उपयोग गर्न सकेको छ । यस अवधिमा वैदेशिक सहायता प्रतिवद्धता भने अनुदानमा ९ अर्ब ४६ करोड र ऋणमा १ खर्ब १६ अर्ब ६१ करोड गरी कुल १ खर्ब २६ अर्ब ७ करोड बराबरको प्राप्त भएको छ ।


कस्तो छ अर्थतन्त्र

आर्थिक वृद्धिदर : ५.८४ प्रतिशत
अर्थतन्त्रको आकार : ४८ खर्ब ५१ अर्ब ६२ करोड
प्रतिव्यक्ति आय : १३८१ अमेरिकी डलर
मुद्रास्फीति : ७.१ प्रतिशत
कुल सार्वजनिक ऋण : १८ खर्ब ४८ अर्ब १९ करोड
बीमाको दायरामा आएको जनसंख्या : २९ प्रतिशत
व्यापार घाटा : ११ खर्ब ६० अर्ब
सोधनान्तर स्थिति : २ खर्ब ५८ अर्ब घाटा
चालु खाता : ४ खर्ब ६२ अर्ब घाटा
विप्रेषण आय : ६ खर्ब ३१ अर्ब
विद्युतको पहुँच पुगेको जनसंख्या : ९४ प्रतिशत
सामाजिक सुरक्षा भत्ता वितरण : ४६ अर्ब