काठमाडौं
संसारभर रहेका हिन्दू धर्मावलम्बीहरुको महान पर्व तिहारलाई दीपहरुको पर्व भएकोले दीपावली पनि भनिन्छ ।
आफ्नो घर, पसल आदिमा झिलिमिली बत्ती, फुल, ध्वजापतंगाले सजाएर हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीपावली शरद ऋतुमा हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू चाड हो । दीवाली भारतको सबैभन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक अवधारणा अनुसार अन्धकार माथि उज्यालोको जीत भन्ने प्रतीकात्मक अर्थ राख्दछ ।
यो दिन लक्ष्मीमाताको पूजाको विशेष दिन हो । यस दिन लक्ष्मी पूजालाई महत्वपूर्ण पूजाको रुपमा लिने गरिन्छ । दीपावलीका दिन बत्तीको उज्यालोमा लक्ष्मी घरमा आउने मान्यता रही आएकोले दीपले घर सजाउने गरिन्छ ।
श्री रामको अयोध्याका वरपर रहेका मानिसले उनको स्वागतमा घ्यूको दियो बालेर औंसीको कालो रातलाई उज्यालो बनाएको धार्मिक परम्परा रहीआएको छ ।
लक्ष्मी पुजाको साइत
- साँझ ६:४२ देखि ८:११ बजेसम्म
- प्रदोष काल साँझ ५:३६ देखि ८:११ बजेसम्म
- वृषभ काल साँझ ६:४२ देखि ८:३७ बजेसम्म
- अमावस्या तिथि आरम्भ रातको १२:२३ बजेसम्म
अमावस्या तिथि भोलिपल्ट विहान ९:०८ बजे समाप्त हुनेछ । यसअनुसार गरे रिती पुग्ने बताईएको छ ।