काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमणको डरले चैत महिनाभर स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेको छ ।
यसले काठमाडौं तथा शहरी इलाका छाडी ग्रामिण भेगमा फर्कने यात्रुको चाप बढ्न सक्ने आंकलन गर्दै सरकारले रुट परमिट खुला गरेको हो ।
यससँगै अब जुनसुकै स्थानको सवारी साधन जुनसुकै स्थानमा समेत खुला परमिटका साथ पुग्न सक्नेछ । सामान्यतया दशैंको समयमा सरकारले यसरी परमिट खुला गर्छ ।
सरकारले जारी गरेको परमिट विपि राजमार्गमा भने लागु हुने छैन ।
किनकी यहाँ दूर्घटनाको जोखिम धेरै भएका कारण राजमार्गलाई निर्धारित रुटका सवारी साधनमात्र गुड्न पाउँछन् । रुट परमिट ३ वैशाखसम्म जारी रहनेछ ।
सवारीले यात्रुलाई गन्तव्यमा पुर्याउन र ल्याउनका लागि पटके पनि काट्नुपर्ने छैन । विभागले नेपाल र भारतको रुटमा संचलनमा रहेका बससेवा भने स्थगित गर्ने निर्णय गरेको छ ।