यूरोकप : आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा

Photo : tass.com

काठमाडौं । जारी युरोकप २०२० मा आजबाट क्वाटरफाइनल प्रतिस्पर्धा शुरु हुँदैछ । नेपाली समय अनुसार राती ९ः४५ मा स्वीट्जरल्याण्ड र स्पेन भिड्दै छन् । राती १२ः४५ बजे भने बेल्जियम र इटली खेल्ने कार्यक्रम छ । स्वीट्जरल्याण्ड पहिलो पटक यूरोकपको क्वाटरफाइनल पुगेको हो । उता, स्पेन भने सर्वाधिक ३ पटकको विजेता हो । स्वीट्जरल्याण्ड आजको खेलमा उच्च मनोवलका साथ मैदान उत्रने छ । किनकी उसले अन्तिम १६ को खेलमा यूरो उपविजेता तथा विश्वक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

स्पेन भने क्रोएसियामाथि प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै अन्तिम ८ मा पुगेको हो । अर्को टोलीका दुबै टीम भने उपाधी दावेदार हुन् । दुवै टोली शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका हुन् । इटली लगातार ३१ खेलमा अपराजित छ । विश्व नम्बर वान बेल्जियम भने साविक विजेता पोर्चुगललाई हराउँदै क्वाटरफाइनल पुगेको हो ।