लगातार दुई खेल जित्दै नेदरल्यान्ड्स युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ। समूह सीमा रहेको टीमले लगातार दोस्रो जित निकाल्ने क्रममा अस्ट्रियालाई २-० गोलले हरायो । युक्रेनलाई पहिलो खेलमा ३-२ गोलले हराएको थियो । आज राती सम्पन्न खेलमा नेदरल्यान्ड्सका लागि ११ औं मिनेटमा डिपेले पेनाल्टीमा पहिलो गोल गरे। दोस्रो हाफमा उनैले अग्रता दोब्बर पारे। नेदरल्यान्ड्स सन् २००८ पछि पहिलो पटक युरो कपमा नकआउट चरण प्रवेश गरेको हो ।
उता बेल्जियमसमेत अन्तिम १६ मा प्रवेश गरेको छ । बेल्जियमले डेनमार्कलाई २-१ गोल अन्तरले हरायो । बेल्जियमका लागि थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक\एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल फर्काएका थिए । खेलमा अग्रता भने डेनमार्कले लिएको थियो ।