यूरोप हिँडेका आप्रवासी चढेको डुंगा भूमध्यसागरमा डुब्यो, कम्तिमा ४३ को मृत्यु

काठमाडौं\एजेन्सी । लिवियाको उत्तर पश्चिमी तट जुवाराबाट इटालीका लागि छूटेको आप्रवासी सवार डुंगा ट्युनिसियाको सीमानजिक भुमध्यसागरमा डुबेको छ । डुंगामा विभिन्न मुलुकका आप्रवासी सवार रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्जिन बिग्रिएर डुंगा दुर्घटनामा परेको बताइएको छ । कम्तिमा ४३ को शव भेटिएको र ८४ जनालाई ट्युनिसियाको नौसेनाबाट उद्धार भएको समाचारमा उल्लेख छ ।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत मुलुकबाट आएका नागरिक रहेको बताइएको छ । असुरक्षित तरिकाबाट हुने यस प्रकारको सवारीले पछिल्ला दिनमा दुर्घटना बढेका छन् । द्वन्द्वग्रस्त र गरिब मुलुकबाट मानिसहरु असुरक्षित तवरबाट यूरोप छिर्ने गरेका छन् ।