यू-१८ महिला साफ च्याम्पियनसिप आजबाट, नेपाल र भारत भिड्दै

Photo : NSJF

काठमाडौं । यू–१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । भारतको जम्सेदपुरमा आयोजना भएको उद्घाटन खेलमा नेपाल र आयोजक भारत भिड्ने भएका छन् । प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन वटा मात्र राष्ट्रले भाग लिएका छन् । चैत १० गतेसम्म सञ्चालन हुने यो प्रतियोगिता डवल राउण्ड रोविन प्रणालीमा आयोजना हुँँदैछ । लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्ने छ । प्रिती राईको कप्तानीमा रहेको नेपाली टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । २०१८ मा भुटानमा आयोजना भएको पहिलो संस्करणको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलसम्म पुगेको थियो ।