यू-१९ एसिया कप : आज नेपाल र बंगलादेश भिड्दै

यूएई । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा आज नेपालले पहिलो खेल बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बलियो प्रतिद्धन्द्धी बंगलादेशको सामना गर्न लागेको हो । नेपाल र बंगलादेशबीच नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट शारजहा क्रिकेट मैदानमा खेल प्रारम्भ हुनेछ ।

नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराएको इतिहास छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले हारेको थियो । अहिले नेपाली टीम टेष्ट मान्यता प्राप्त मुलुकलाई हराउने लक्ष्यमा छ । समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाको सामना गर्नेछ । अर्को मुलुक कुवेत पनि यसै समूहमा छ ।