यू-१९ एसिया कप – आज नेपाल र श्रीलंका भिड्दै

शारजहा । युएईमा जारी एसिसी यु १९ एसिया कपमा आज नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्द्धी श्रीलंकाको सामना गर्दैछ । श्रीलंका टेस्ट नेशन्स हो । यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग फराकिलो अन्तरमा हारेको छ । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजेदेखि शारजाहमा प्रारम्भ हुनेछ ।

नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउने सम्भावना कायम राख्न आजको खेल जित्नैपर्छ । हारेमा प्रतियोगिताबाट बाहिरिन्छ । श्रीलंकाले भने पहिलो खेलमा कुवेतमाथि २७४ रनको फराकिलो जित निकाल्दै उच्च मनोवलका साथ नेपालको सामना गर्नेछ । नेपाल र श्रीलंकाले २००८ यता पाँचपटक एक अर्काविरूद्ध खेलेका छन् । जसमा नेपालले जित निकाल्न सकेको छैन ।